दुई चरणको मतदानमा एकैचोटी मतगणना



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन दुई चरणमा भए पनि मत गणना भने एकै चोटी हुने बताउनुभएको छ ।

रिपोर्टसक्लबमा शुक्रबार आयोजित साक्षत्कार कार्यक्रममा प्रमुख आयुक्त यादवले पहिलो चरण अन्तर्गत १० गते मतदान सकिएका स्थानको मतगणना पनि २१ गतेको निर्वाचन सकिएपछि मात्रै हुने बताउनुभयो ।

उहाँले पहिलो चरणको निर्वाचनको मौन अवधि बिहीबार रातिदेखि सुरु भएकाले पहिलो चरणको निर्वाचन सम्पन्न नभएसम्म कुनै पनि प्रचार प्रसारका कार्यक्रम नगर्न राजनीतिक दल र नगरिकसमाजलगायत सम्बद्ध पक्षसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्