टाउको छिनालियो



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गरेको अति हिंस्रक ल्याटिनो गुन्डा समूहले एक जना पुरुषको टाउको छिनालेको र त्यसलाई अमेरिकी राजधानी नजिकको उद्यानमा गाड्नुअगाडि उनको मुटु निकालेको समाचारमा जनाइएको छ। परिचय खुल्न नसकेका ती पीडितमाथि वासिङ्टन डिसीबाहिर मेरिल्यान्डको ह्विटनमा सयपटकभन्दा धेरै छुरा प्रहार गरिएको त्यस इलाकाका प्रहरी विभागले जनाएको छ। अधिकारीहरूले अहिलेसम्म उक्त घटनामा १९ वर्षीय मिगुएल एन्जेल लोपेज अब्रेगोलाई फ्रस्ट डिग्री मर्डरको आरोपमा पक्राउ गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्