टाटा हेक्जाको बिक्री शुरू



काठमाडौं, (नेस)
टाटा हेक्जाको नेपाली बजारमा बिक्री शुरू भएको छ। नेपालमा हेक्जाको बिक्री शुरूआत गर्दै टाटा मोटर्सका सीईओ तथा म्यानेजिङ डाइरेक्टर गेएन्टर बटचेकले ११ जना ग्राहकलाई विशेष समारोहमा गाडीको साँचो प्रदान गर्नुभएको हो।

नेपालभर उपलब्ध गराइने हेक्जाको एक्स टी फारे बाइ फोरका विभिन्न मोडलको मूल्य ७७ लाख ९५ हजार पर्नेछ। हेक्जाको बिक्री शुभारम्भ समारोहमा बोल्दै टाटा मोटर्सका सीईओ बटचेकले टाटाले जहिले पनि अग्रणीरूपमा ग्राहकलाई विशिष्ट तथा गतिशील उत्पादनको अनुभव दिलाइरहेको बताउनुभयो।

टाटा हेक्जा २ हजार २ सय सीसी भेरिकर डिजल इन्जिन, १ सय ५६ पीएस⁄४०० एनएममा उपलब्ध छ। यसको अतिरिक्त हेक्जाको एक्स टी फोर बाइ फोर मोडल ६ वटा गतिको लागि म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ।
हेक्जाको थप विशेषतामा यसको सेन्ट्रल कन्सोलमा राम्ररी जडान गरिएको रोटरी नबले यसको सुपर ड्राइभ मोडलाई सञ्चालन गर्नेछ। सुपर ड्राइभ मोडले चालकलाई आनन्दसँग अटो, कम्फर्ट, डाइनामिक र रफ रोडमध्ये जुनसुकै मोडमा परिवर्तन गरेर बाटो र आफ्नो मुडअनुसार गाडी चलाउन सक्ने विशेषता दिएको छ।

प्रतिक्रिया दिनुहोस्