आईएमईका व्यावसायिक साझेदार रारा भ्रमणमा



काठमाडौं, (नेस)
आईएमईले दश उत्कृष्ट व्यवसायिक साझेदारलाई रारा तालको भ्रमण गराएको छ। व्यवसायिक साझेदारमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमका उत्कृष्ट दशलाई आईएमईले ८ दिने भ्रमणमा सामेल गरेको हो।
भ्रमण टोलीको नेतृत्व आईएमईका अधिकृतद्वय ईश्वर अधिकारी र रमेश बुढाथोकीले गर्नुभएको थियो।

मुलुकको आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यका साथ रारा भ्रमण गराइएको आईएमईले जनाएको छ।आईएमईले सेवा शुभारम्भको १७औं वर्षसम्ममा १ सय ६० आईएमई सेन्टरसहित ७५ जिल्लाका ६ हजार ८ सयभन्दा बढी सव एजेन्ट र बैंक तथा वित्तीय संस्थामार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्