’स्यालुट’ कमरेड प्रचण्ड



सधैं अन्धकार पक्षको चियोचर्चो गर्ने धरहराको यो दूरबिन आज पुत्र शोकले विह्वल भएका प्रचण्डमाथि परेको छ।

अल्पायुकै पुत्र गुमाएका कमरेड प्रचण्ड शोक मानेर बस्नुको सट्टा आफ्नो पिडालाई भुलेर आफ्नो दैनिक कार्यमा निरन्तर अघि लागिरहेको देख्दा आफैलाई असह्य हुन्छ।

उहाँ नियमितरूपमा विभिन्न चुनावी कार्यक्रममा सक्रियरूपमा सरिक भइरहनुभएको छ। केही समयअघि रौतहटमा बम विस्फोटबाट घाइतेबाट भएकालाई अस्पतालमै पुगेर भेट्न जानुभयो।
त्यस्तै चुनावी कार्यक्रम यथास्थितिमा सञ्चालन गर्न आग्रह पनि गर्नुभयो। एकातिर छोरा गुमाउँदाको पीडा अर्कोतिर राष्ट्रको सर्वोपरि हित। उहाँको निःस्वार्थ सेवा र दयाभाव देखेर धरहराको आँखा पनि नरसाएको होइन।

उहाँको यो हृदयस्पर्शी मन र आर्दशलाई ‘स्यालुट’ छ।

प्रतिक्रिया दिनुहोस्