कोकाकोला कपमा गजुरमुखी स्कुल तेस्रो



नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौंको गजुरमुखी इंग्लिस बोर्डिङ स्कुलले कोकाकोला कप अन्तरस्कुल फुटबल प्रतियोगिताअन्तर्गत ब्वाइजतर्फ तेस्रो स्थान हात पारेको छ।

सोमबार एन्फा कम्प्लेक्समा भएको तेस्रो स्थानको खेलमा गजुरमुखी स्कुलले सुनसरीको महेन्द्र मेमोरियल एकेडेमीलाई टाइब्रेकरमा पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीले १–१ गोल बराबरी खेलेका थिए। शुरुआतमा महेन्द्र मेमोरियलका भरत चौधरीले २१औं मिनेटमा गोल गरेका थिए। तर गजुरमुखीका रोहन धितालले ३५औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए।

यसैगरी गल्र्सतर्फ सिन्धुपाल्चोकको सेतीदेवी शारदा सेकेन्डरी स्कुलले काठमाडौंको अमर इंग्लिस स्कुललाई १–० ले हराएको छ। टोलीको जितमा प्रिती राईले ६४औं मिनेटमा गोल गरिन्। त्यस्तै कैलालीको श्री शंकर सरसस्वती स्कुलले रौतहटको श्री दुर्गा सेकेन्डरी स्कुललाई ३–२ गोलले पन्छायो।

अर्को खेलमा भने स्याङजाको भुम्रे सेकेन्डरी स्कुलले काठमाडौंको छहारी शिक्षा सदनलाई ७–० गोलअन्तरले पाखा लगायो। जसमा सुनीता कुनाल, उदय थापाले दुई–दुई गोलको योगदान दिए।

प्रतिक्रिया दिनुहोस्