गाडीमा आगजनी



ईन्द्र गिरी, संखुवासभा । संखुवासभाको चैनपुरमा अज्ञात समूहले गए राति गाडीमा आगजनी गरेका छन् । गएराती करिब २ बजे को १ ज २१२३ नं. को ल्याण्डरोबर गाडीमा आगजनीबाट पुर्ण रुपमा गाडी जलेर नष्ट भएको छ ।
चैनपुर निवासी आशिष शाक्यको गाडी चैनपुरको बसपार्क नजिकै पार्किङमा राखिएको अवस्थामा अज्ञात समुहले मध्य राती जलाएको प्रहरी नायव उपरिक्षक संन्तोस खड्काले बताउनु भयो । उहाले आगाजानीबारे अनुसन्धान शुरु गरिएको बताउनु भयो ।
गाडी आगजानीबारे कुनै समुहले अहिले सम्म जिम्मा लिएको छैन । उक्त गाडी बाम गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्