जवान दाइले आफ्नै बहिनीलाई बलात्कार गर्दागर्दै आमाले देखेपछि…..!!



मोतीराम तिमल्सिना, काभ्रे ।

आफ्नै २१ बर्षिय छोराले १३ बर्षिया छोरीलाई बलात्कार गरेको आँखै अगाडी देख्ने आमाले बलात्कार घर भित्रको घटना भन्दै उजुरी दिन आनाकानी गरेकी छिन् । कार्तिक २५ गते दिउँसो भएको उक्त घटनाको उजुरी ३० गतेसम्म दर्ता हुन सकेको छैन ।

पाँचखाल नगरपालिका १२ बालुवामा २१ बर्षिय सहोदर दाजु रमेश दनुवारले १२ बर्षकी बहिनीलाई जर्बजस्ति करणी गरेका थिए । दिउसो २ बजे घरमा कोहि नभएको मौका छोपी कक्षा ४ मा अध्ययन गर्दै गरेकी बहिनीलाई घरमै करणी गरिरहेको उनकै आमाले देखेपछि गाउँलेलाई खवर गरेकी थिईन् । बिहान देखि बेलुकासम्म भट्टामा काम गर्ने बालिकाको परिवार अत्याधिक मादक पदार्थ सेवन गरिरहन्छ । गाउँमै मिलाउने प्रयास हुँदा हुँदै उक्त घटना जिल्ला प्रहरी कार्यालयसम्म आईपुग्यो तर उजुरी दिन परिवारले मानेको छैन ।

आफ्नै घर भित्रको घटना भन्दै पटक पटक मिलाउने प्रयास भएको थाहा पाएपछि प्रहरीले युवकलाई पक्राउ गरि नियन्त्रणमा लिएको छ । बालिकाको स्वास्थ्य परिक्षण सँगै काउन्सिलका लागि काठमाडौमा रहेको रक्षा नेपालमा पठाईएको छ । २ छोरा र एक छोरी रहेको उक्त परिवारमा भएको घटनाले गरिवी र चेतना स्तर माथि उठ्न नसेको बस्तिमा हुने यस्ता अनगिन्ति घटनाको चित्रण गरेको छ ।

घर भित्रै हुने यस्ता बलात्कारका घटना पछिल्लो समय मिलापत्र हुने गरेको छ । बलात्कारमा समेत मेलमिलापका लागि स्थानीयहरुले दबाब दिने गरेका छन् । आँखै अगाडीको घटना समेत होईन भन्दै बयान फेर्ने र बालिकालाई समेत दबाबमा घटनै भएको छैन भन्ने बयान दिन लगाईएको छ । काभ्रेपलाञ्चोक जिल्लामा जर्बजस्ति करणी र करणी उद्योगका घटनाहरु हरेक वर्ष बढ्दै गएका छन् । सहमतिमा सम्वन्ध राख्ने र केहि कुराले खटपट हुने वितिक्कै उद्योग र करणीमै उजुरी गर्नेहरुको संख्या बढेको छ । अझ बलात्कारका घटनाहरु गाउँघरमै मिलापत्रका लागि दबाब आउने र दबाब थेग्न नसकी उजुरी दर्ता गर्ने, उजुरी दिए लगत्तै फिर्ता लिन र पीडितहरुको बयान फेरिने क्रम बढेको छ ।

चालु वर्षको चार महिनामा जिल्लामा पाँचवटा जर्बजस्ति करणीका मुद्दा दर्ता भएका छन् भने पाँचै वटा जर्बजस्ति करणी उद्योगका मुद्दा दर्ता भएका छन् । असोज महिना चाडवाडको महिना भएकाले एउटा मात्रै करणीको मुद्दा दर्ता भयो भने कार्तिक महिनामा २ वटा उद्योगमा दर्ता भए । भदौमा चारवटा र साउनमा ३ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । फेसबुक मार्फत खानीखोला गाउँपालिका ६ बाँसपुरका २७ बर्षिय युवा दमाई सिं रुम्बाले १३ बर्षिया बालिकासँग प्रेम गरे । १३ बर्षकी बालिकालाई विवाह गर्छु भन्दै फकाउँदै फकाउँदै प्रेम गरेका रुम्बाले सहमतिमै बालिकासँग सम्वन्ध पनि राखे । पहिलो पटक सम्वन्ध राखेपछि राम्रि नभएको भन्दै वेवास्ता गरेपछि बालिकाले जर्बजस्ति करणीको उजुरी दर्ता गरिन् । रुम्बा अहिले जेलमा छन् ।

त्यस्तै महाभारत गाउँपालिका बुढखानी २ घर भएका ३५ बर्षिय साजी भन्ने नरबहादुर वाईवाले सोहि स्थानकी युवतीसँग सहमतिमा पटक पटक सम्वन्ध राखे । उनका श्रीमान विदेश गएका छन् । श्रीमान विदेश गएको बखत सम्वन्ध राख्ने नरबहादुृर र ति युवतीको सम्वन्ध परिवारले थाहा पाएपछि स्थानीयहरुले उनको श्रीमानलाई खवर गरे । युवतीले नरबहादुरले श्रीमान नभएको मौका छोपी आफु माथी जर्बजस्ति करणी गरेको अभियोगमा उजुरी दिईन् । गाउँमा मिलाउने प्रयास हुँदा हुँदै मिल्न नसक्ने बताएपछि साजी भनिने नरबहादुर विरुद्ध उजुरी प¥यो । उनी फरार छन् ।

पाँचखाल नगरपालिका ४ घर भएका विकि भन्ने विक्रम तामाङले एउटी युवतीसँग लामो समय देखि विवाह गर्ने भन्दै प्रेम गरिरहे । प्रेम मौलाउँदै गएपछि उनीहरुको सम्वन्ध नजिकियो । युवतीले भनेको समयमा भनेको आवश्यकता पुरा नगरेको र विवाह गर्न समेत आनाकानी गरेको भन्दै युवतीलाई विकी विरुद्ध जर्बजस्ति करणीको उजुरी दिईन् । उनी पक्राउ परे । अधिकांश सम्वन्धहरु सहमतिमा हुने र मोलमोलाई नमिलेपछि जर्बजस्ति करणीमा परिवर्तन हुन थालेका यि उदाहरण हुन् ।

बलात्कारमा १४ वर्षका बालक देखि ५८ वर्ष सम्मका पुरुषहरु यो आर्थिक वर्षमा पक्राउ परेका छन् भने चार बर्षिया बालिका देखि ३५ बर्षिया महिलासम्म पीडित भएको उजुरीमा उल्लेख छ । ५८ वर्षका बृद्धले चार बर्षिया बालिका बलात्कार गरेका छन् भने ४४ बर्षका पुरुषले १३ बर्षिया बालिका बलात्कार गरेका छन् ।

चौवास ४ घर भएका दुबै हात र दुबै खुट्टा नभएका ५८ बर्षिय अपाङ्ग तिर्थराज पहरीले आँगनमा सुताईरहेकी चार बर्षिया बालिकालाई बलात्कार गरे । सुन्दै अचम्म लाग्ने उक्त घटना बालिकाको आमाले देखेकी थिईन् । उनी पक्राउ परी हाल जेलमा छन् ।

आर्थिक वर्ष २०७१÷२०७२ मा ३१ वटा, २०७२÷२०७३ मा २१ वटा र २०७३÷२०७४ मा २८ वटा जर्बजस्ति करणी र उद्योगका घटनामा मुद्दा दर्ता भएका छन् । बलात्कार पछि आत्महत्याको घटना जिल्लामा प्रमुख चुनौती बन्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्