प्रदेशसभा सदस्यका उम्मेदवारको मृत्यु



बर्दिया, (नेस)।
आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट बर्दिया क्षेत्र नम्बर २ (२) का प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार ६३ वर्षीय मनिराम विष्टको उपचारको क्रममा शनिबार निधन भएको छ।

गत कात्तिक २७ गते गुलरियामा राप्रपाको निर्वाचन परिचालनसम्बन्धी प्रशिक्षण कार्यक्रममा मन्तव्य दिएपछि अचानक ढलेका विष्टलाई तत्काल जिल्ला अस्पताल, बर्दियामा लगिएको थियो। जिल्ला अस्पतालमा उपचार गर्न सम्भव नभएको भनी नेपालगन्ज रिफर गरिएको र नेपालगन्जबाट गंगालाल हृदयरोग केन्द्र, काठमान्डौंमा उपचार भइरहेको थियो।

उहाँको मृत्यु भएपछि बर्दिया निर्वाचन क्षेत्र २ (२) का सम्बन्धमा प्रश्न गर्दा जिल्ला निर्वाचन कार्यालयका अधिकृत पवनकुमार शाहीले आजको आयोगमा जानकारी पठाएको र अयोगले भोलिसम्म निर्णय गरेर जानकारी पठाउने कुरा गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्