विद्युत प्राधिकरण र चिनियाँ थ्रि गर्जेजबीच पश्चिम सेतीमा संयुक्त लगानी गर्ने सम्झौता



आयोजना प्रभावित स्थानीयलाई १० प्रतिशत सेयर

हेमन्त जोशी, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरण र चिनीया थ्रि गर्जेज कम्पनी को सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसन बीच पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि संयुक्त लगानी साझेदारी (जोईन्ट भेन्चर एग्रिमेन्ट) सम्पन्न भएको छ ।

जलाशयमा आधारित पश्चिम सेती जलविद्युत विद्युत आयोजना ७ सय ५० मेगावाट क्षमताको रहेको छ ।

सम्झौतामा प्राधिकरणका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र सीडब्लुईका तर्फबाट कम्पनीको लगानी विभागका निर्देशक याओ फेक्सी ओङले हस्ताक्षर गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारका अनुसार प्राधिकरण र थ्री गर्जेजबीच संयुक्त लगानी साझेदारी (जोईन्ट भेन्चर एग्रिमेन्ट) सम्पन भएको बताउनुभयो ।

सम्झौता बमोजिम आयोजनामा ७५ प्रतिशत लगानी सीडब्लुईले गर्नेछ भने २५ प्रतिशत प्राधिकरणको लगानी रहनेछ । सीडब्लुईको ७५ प्रतिशत सेयरमा १० प्रतिशत आयोजना प्रभावित क्षेत्रमा वितरण गरिने र १४ प्रतिशतसम्म स्थानीय लगानीकर्ताहरुले सेयर खरीद गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्