सर्वोत्तम र लक्ष्मी स्टिल्सको भूकम्प लक्षित कार्यक्रम



काठमाडौं, (नेस)
सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टील्सले भक्तपुर जिल्लालाई केन्द्रित गरी सो क्षेत्रमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार)लाई लक्षित एक कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा घर निर्माणमा सिमेन्ट र डन्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने बारेमा जानकारी गराइएको थियो। यस्तै कार्यक्रममा घर निर्माण गर्दा सिमेन्ट कसरी प्रयोग गर्ने, सिमेन्टको खपत गर्ने बारेमा पनि जानकारी गराइएको थियो। कार्यक्रममा झक्तपुर क्षेत्रका करिब २ सय ५० ठेकेदारहरूको उपस्थिति रहेको थियो।

अत्याधुनिक यूरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो र एक मात्र सिमेन्ट उद्योग सर्वोत्तम सिमेन्टले ग्रिन सर्वाेत्तम ओपीसी र श्री ग्रिन पीएससी नामक ब्रान्डका सिमेन्ट नेपालभर बिक्री वितरण गरिरहेको छ। यस उद्योगद्वारा उत्पादित यस सिमेन्टको मसिनोपन प्रतिग्राम ४ हजार ५ सय सेमि स्क्वायरसम्म रहेको कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ।

हात सर्वाेत्तम सिमेन्ट दैनिक ४० हजार बोरा उत्पादन गर्दै आइरहेको छ। समयमा ६० हजार बोरासम्मको क्षमता बढाउने टार्गेट रहेको नेपालकै एक मात्र सिमेन्ट उद्योग रहेको छ।

नेपालमा हालसम्म सबैभन्दा बढी विदेशी लगानी भित्त्याई उत्पादन गर्न सक्षम सर्वोत्तम सिमेन्ट आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणितसमेत भएको कम्पनीका ब्राण्ड मेनेजर गोपाल सारडाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्