ट्रम्पलाई चेतावनी



 

 

सोल, (एजेन्सी)
उत्तर कोरियाको सत्तारूढ पार्टीको मुखपत्र रोडोङ सिन्मुनले राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली संसद्मा गत हप्ता दिएको भाषणको निन्दा गर्दै आक्रोसपूर्ण टिप्पणी गरेको छ। सोल भ्रमणका क्रममा ट्रम्पले राष्ट्रियसभामा सम्बोधन गरेका थिए। सन् १९९३ मा बिल क्लिन्टनपछि विधायकहरूलाई सम्बोधन गर्ने उनी पहिलो अमेरिकी राष्ट्रपति हुन्। अखबारले उत्तर कोरियाली भुस्याहा कुकुरको भुकाइबाट नडराउने र ट्रम्पको शत्रुता युद्धको घोषणा भएको जनाएको छ। ट्रम्पले उत्तर कोरियाली जनताको अपमान गरेको र त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै उनी पैसाको गुलाम भएको अखबारमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्