क्यालिफोर्नियामा गोलीकाण्ड



 

 

वासिङ्टन, (एजेन्सी)
अमेरिकाको उत्तरी क्यालिफोर्नियाको एउटा सानो समुदायमा मंगलबार भएको गोली काण्डमा पाँच जनाको ज्यान जानुका साथै दुई बालबालिकालगायत अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ। टेहामा काउन्टीमा भएको यस घटनामा मृतकको संख्या बढ्न सक्ने बताइएको छ। गोली चलेको आवाज सुनिनेबित्तिकै रान्चो टेहामा स्कुल तत्काल बन्द गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। मारिनेमा ती बन्दुकधारीका एक महिला छिमेकी पनि रहेको बताइएको छ। लगातार चलिरहेको गोली स्कुलनिर आएपछि बन्द भएको तथा आशंकित आक्रमणकारीको प्रहरीको गोलीबाट मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्