४ महिना लगाएर सुरुङ खनी यसरी लुटियो बैंक



मुम्बई । भारतको मुम्बइमा सुरुङ खनेर बैंकको रकम चोरी गरिएको घटना सार्वजानिक भएको छ । चोरहरुले चार महिना लगाएर २५ मिटर लामो सुरुङ खनी मुम्बईको एक बैंकबाट शनिबार नगद तथा गरगहनाहरु चोरी गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

चोरहरुले बैंक अफ बडौदाको रकम चोरेर फरार भएको प्रहरीले जनाएको छ । सो बैंक नजिकै भाडामा बस्दै आएका चोरहरुले बसेकै ठाउँबाट सुरुङ खनेर बैंक चोरी गर्न सफल भएको प्रहरीको भनाई छ ।

बीबीसीका हिन्दीका अनुसार २५ फुट लामो सुरुङ बैंक लकर भएको कोठामा पुगी ३० वटा लकरमा चोरी गरेका थिए । त्यसमा २२५ थान लकरमध्ये ३० वटामा चोरी भएको छ ।

बैंकका कर्मचारीहरुले सोमबार बिहान बैंक खोल्दा मात्रै चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
कति रकम र गरगहना चोरी भयो भन्ने अहिलेसम्म सार्वजानिक भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्