प्रहरी ‘नोकर’ र नेता



नेपाल प्रहरीको संख्या झन्डै ७६ हजारको हाराहारीमा रहेको छ। यो संगठन कहिल्यै राजनीतिक हस्तक्षेप मुक्त हुन सकेन। प्रहरी संगठनले जहिले पनि नेताको चाटुकदारका रूपमा आफूलाई प्रस्तुत गर्ने गरेको उसको विगतको इतिहासले देखाएको छ। यो दृश्य धरहराबाट सधैं देखिने गरेको छ।

जुनपार्टी सरकारमा गए पनि उसले सधैं प्रहरीलाई आफ्नो ‘नोकर’ बनाउने गरेको छ। ती प्रहरीका उच्चतहका हाकिम पनि दलका नेताको ‘नोकर’ बन्न सजिलै तयार हुने गरेको र नेताले सरुवा बढुवामा जति माग्यो त्यति नै दिएर पनि अझै उनीहरूको ‘नोकर’ बन्न किन तयार हुन्छ? प्रहरीका हाकिम धरहराले केही बुझेको छैन।

उनीहरू किन जे गर्न पनि तयार हुन्छन्? केही बुझेको छैन धरहराले। जनतालाई विभिन्न वहाना बनाएर रकम असुल गर्नेहरू नेताका नोकर भएको देखेर भने धरहरा तीनछक परेको छ।

प्रतिक्रिया दिनुहोस्