मनोरञ्जनका नेपालमै लागि ६० हजार महिला !



काठमाडौं । देशभर साठी हजार महिला मनोरञ्नका गराउने पेशामा संलग्न रहेको तथ्यांक सार्वजनिक भएको छ ।

यो तथ्यांक सहरिया पुरुषहरुका लागि मनोरञ्जन गराउने सिलसिलामा संलग्न महिला श्रमिकको हो । ग्रामिण मनोरञ्जन गराउनकै लागि रोजगारी उपलब्ध नहुने भएकोले महिलाहरु सहरमा मनोरंजनका लागि मजदुरी गर्ने संख्यामा वृद्धि भएको हो ।

चेतना अभिवृद्धि केन्द्र नेपालले गरेको अध्ययनमा देशभर तीन हजार ५०० मनोरञ्जन क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेको भेटिएको हो । अध्ययनमा काठमाडौँको गोँगबु, कलङ्की, सुन्धारा, ठमेल साथै पोखरा, विराटनगर, नेपालगञ्जलगायत ठूला सहरमा रहेका होटल, रेष्टुराँ, दोहोरी, डान्सबारमा धेरै महिला श्रमिकले काम गरिरहेका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण कतिपय महिला उक्त क्षेत्रमा लागेको क्याप नेपालले जनाएको छ । मनोरञ्जनको क्षेत्रमा काम गर्ने कतिपय महिला श्रमिक यौन शोषणको सिकार बन्ने गरेकोमा उनीहरुलाई कसरी सम्मानित जीवन यापन गराउने भन्ने विषयमा क्याप नेपालले विगत १४ वर्षदेखि काम गरिरहेको जनाएको छ ।

राजधानीका धेरै होटल, रेष्टुराँ, दोहोरी, डान्सबार भएको क्षेत्र टोखा नगरपालिकाको गोँगबु क्षेत्रमा काम गर्ने महिलाहरुको हक अधिकारका लागि क्याप नेपालले विहीबार टोखाका जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । सो कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अशिक्षा, बेरोजगार र चेतनाका कारण कतिपय महिला यौन हिंसाका सिकार बन्न पुगेको भन्दै यसलाई निरुत्साहित गर्न आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

क्याप नेपालका अध्यक्ष भुपाल ढकालले आफ्नो संस्थाले १४ वर्षदेखि बाल हिंसा र महिला हिंसाको क्षेत्रमा काम गरेको उल्लेख गर्दै २५ जनालाई उद्धार गरी पुनःस्थापना केन्द्रमा राखिएको बताएका थिए ।

भूकम्पपछि रोजगारको समस्याका कारण विभिन्न सहरभित्र भित्रिएका महिला तथा बालबालिका बढी हिंसाको सिकार बन्न पुगेको क्याप नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्