मतदाता प्रभावित पार्न सिरक बाँड्दै कांग्रेस !



काठमाडौं । मतदातालाई प्रभावित पार्नका लागि बितरण गर्न लगेको आशंकामा एक ट्रक सिरक सशस्त्र प्रहरी बलको टोलीले मंगलबार धुस्कुनमा बरामद गरेको छ । उक्त सिरक नेपाली कांग्रेस सिन्धुपाल्चोक १ का प्रतिनिधिसभाका उम्मेदवार मोहनबहादुर बस्नेतले त्रिपुरासुन्दरी गाउँपालिकामा मतदतालाई बितरण गर्न लगेको आरोप एमालेले लगाएको छ । एमाले नेतृ सिता थापाले सामाजिक संजाल फेसबुकमा नेपाली कांग्रेसले चुनावमा मतदाता प्रभावित पार्न लगेका सिरक बरमद गरेको उल्लेख गरेकी छिन् । थापाले लेखेकी छिन्– ‘नजिकै आएको चुनावामा भोटर फकाउन एक ट्रक सिरक त्रिपुरा सुन्दरी गाउँपालिका भित्र्याउन लाग्दा सशस्त्र प्रहरीले धुस्कुनको सालघारिमा समातेर लगेको छ । यसरी चुनावको वेला जनता खरिद गरेर चुनाव जित्न सपना बोकेर हिंडिरहेको छ । कांग्र्रेस तिम्रा योजना सफल हुने दिन गए है अब…।’
सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभामा कांग्रेसले सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । प्रदेशसभामा ब्यापारीहरु विष्णुबहादुर बस्नेत र राजेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाएको छ । ८८ केजी सुन तस्करी गर्ने भोटेकोशी गाउँपालिका अध्यक्षसँगै बिष्णु खत्रीको नाम पनि मुछिएको छ । मतदातालाई पैसा र सिरक बाँडेरै चुनाव जित्ने दाउमा मन्त्री बस्नेतले ब्यापारीलाई टिकट दिएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्