अन्धाधुन्ध खुकुरी प्रहारबाट मकवानपुरमा दुईको मृत्यु



काठमाडौं । मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

सुमन बराइलीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने बराइलीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

नजिकै प्रहरी कार्यालय भएकाले खुकुरी नचाउने व्यक्ति तत्कालै पक्राउ परेको र ठूलो क्षति हुन नपाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्