डोजरले पल्टाएको ढुंगाले लागेर एकको मृत्यु



अनिल खत्री, गुल्मी ।

गुल्मीमा डोजरले पल्टाएको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । मंगलवार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्वर ४, अर्खले निवासी ३५ वर्षीय रामबहादुर दर्लामीको माथी भाडागाउँको मोटरबाटो खन्न चलि रहेको डोजरले पल्टाएको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

जिल्लामा १ महिनाको अन्तरालमा तिनवटा दुर्घटना भएका छन् । अर्खले नजिकै रैँदी भन्ने स्थानमा पनि माथि केकुलेको मोटरबाटो खनेको स्थान माथीबाट खसेको ढुंगाले लागेर एकजनाको ज्यान गएको थियो । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर ५ मा बाटो खन्ने क्रममा डोजरले पल्टाएको ढुँगाले लागेर एक जनाको मृत्यु भएको थियो । उता जैसीथोक हाडहाडेमा पनी माथीबाट खसेको ढुंगाले लागे एक जना वृद्ध सख्त घाइते भएका थिए ।

जिल्लामा डोजरले पल्टाएको ढुंगाले मर्ने क्रम बढन थालेसँगै प्रहरी बिशेष निगरानी बढाइने प्रहरी उपरिक्षक द्धिबेदीले बताए । ठाउँठाउँमा दुर्घटना बढन थाल्यो उपरिक्षक द्धिबेदीले भने ‘घटना भएका स्थानको अबस्थाबारे अनुसन्धान गर्दै छौं ।’

प्रतिक्रिया दिनुहोस्