डोटीका अस्पतालमा स्वास्थ्यकर्मीको अभावले सेवा प्रवाहमा कठिनाई



SONY DSC

विमल विष्ट, डोटी ।
डोटीमा लामो समय देखी दजर्नौ स्वास्थ्यकर्मिको अभाब रहेको छ । जिल्लाको समग्र स्वास्थ्य क्षेत्रमा बिस प्रतिशत कर्मचारी अभाव रहेको एक तथ्यांक सार्वजनिक गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा प्रशासनिक कर्मचारीतर्फ कूल ७८ जनाको स्विकृत दरबन्दी रहेकोमा ४२ वटा दरबन्दी मात्रै परिपुर्ती गरिएकाले हाल ३६ वटा दरबन्दी रिक्त रहेको छ । त्यस्तै प्राविधिक कर्मचारीतर्फ कूल ३ सय ३ वटा स्विकृत दरबन्दी रहेकोमा २ सय ५५ वटा दरबन्दी मात्रै परिपुर्ती गरिएकाले हाल ४८ वटा दरबन्दी रिक्त छन् ।

जिल्ला स्वास्थ्य कार्यालयमा मात्रै ४ जना एमबिबिएस डाक्टरको दरबन्दी रहेकोमा अहिले एक जना मात्रै डाक्टर कार्यरत छन् । यद्यपी एक जना छात्रवृत्ति करार र दुई जना एनएसआई नामक अमेरिकन संस्थाबाट गरी ४ जना डाक्टरले अहिले सेवा दिईरहेका छन् भने जिल्लामा रहेका २ वटा प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एक÷एक जना गरी जिल्लाभरमा ६ जनाले मात्रै डाक्टरले सेवा दिईरहेका छन् ।

जिल्ला स्वास्थ्यको तथ्यांक अनुसार जिल्लाभरीमा ५ जना डक्टरको दरबन्दी स्विकृत भएता पनि २ जना डक्टरको दरबन्दी रिक्त रहेको छ । त्यस्तै एच.ए.र सिनियर अहेवको स्विकृत दरबन्दी संंख्या ५४ रहेकोमा ४३ वटा दरबन्दी मात्रै परिपुर्ती रहेकाले ११ वटा दरबन्दी रिक्त छन् ।

जिल्लामा अहेवको जम्मा १ सय ६ वटा स्विकृत दरबन्दी रहेकोमा ८२ वटा दरबन्दी मात्रै परिपुर्ती रहेकाले २४ वटा दरवन्दी रिक्त छन् । अनमीको कूल दरबन्दी संख्या १ सय ८ वटा रहेकोमा एक सय वटा दरबन्दी परिपूर्ती गरिएकाले ८ वटा दरबन्दी रिक्त छन् । जिल्लाका २ मात्र प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा ल्याब टेक्निसियनको दरबन्दी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिषकुमार बिष्टले बताउनु भयो । भौगोलिक रुपमा कठिनाई रहेको डोटीमा कर्मचारी अभावले पनि चाहे अनुरुप स्वास्थ्य सेवा प्रवाहमा समस्या रहेको पनि उहाँले बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बालरोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ वा मेडिकल जनरल मध्ये एक जनाको दरबन्दी रहेको र मेडिकल सुपरिटेन्डेन्टको जिम्मा पनि तिनकै हुने भएता पनि दरबन्दी स्विकृत भए यता कहिल्यै सो दरबन्दी पूर्ती नभएको बताईएको छ । त्यस्तै कार्यालय सहायक र चालक (ड्राईभर) गरी कूल ६९ वटा स्विकृत दरबन्दी रहेकोमा ३४ वटा दरबन्दी मात्रै परिपुर्ती रहेकाले ३५ वटा दरवन्दी रिक्त छन् ।

नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा जिल्लाहरुको ‘न्यूनतम् सेवा मापदण्ड’ मूल्यांकन गर्दा डोटीले जनशक्ति अभावकै कारण १० अंक प्राप्त गर्न नसकिरहेको पनि जनाईएको छ । त्यस्तै पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न बाँकी रहनुले २ अंक नपाउनु लगाएतका कारणले डोटीले ‘न्यूनतम् सेवा मापदण्ड’ मूल्यांकनमा ६८ अंक मात्रै प्राप्त गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कपिलदेव जोशीले बताउनु भयो ।

‘न्यूनतम् सेवा मापदण्ड’ मूल्यांकनमा जनशक्तिको परिपूर्ती, सुशासन प्रवद्र्धन, सरसफाई, लेखा व्यवस्थापन, प्राविधिक औजारहरु र फर्निचरको अवस्था लगाएतका थुप्रै सूचकहरु पूरा गरेको हुनुपर्ने व्यवस्था रहेको छ । यसका साथै राज्य पुर्नसंरचना बमोजिम कर्मचारी व्यवस्थापन गर्दा कर्मचारी अभावले सेवा प्रवाहमा कठिनाई देखिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्