ट्रम्पको गाली



वासिङ्टन, (एजेन्सी)
उत्तर कोरियाबाट आफूलाई ‘पागल बुढो’ को संज्ञा दिँदै जारी गरको विज्ञप्तीको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अराजक ट्विट गरेका छन्। ‘किन मलाई किम जोङ उनले बूढो भनी अपमान गर्छ, जबकि मैले उनलाई कहिल्यै पनि पुड्के र मोटे भनेको छुइनँ’ –ट्रम्पले ट्विटरमा लेखेका छन्। यद्यपि राष्ट्रपतिले उत्तर कोरियाली नेतालाई ‘लिटिल रकेट म्यान’ को सम्बोधन गरेका छन्। ‘मैले उसको मित्र बन्न धेरै प्रयास गर’ राष्ट्रपतिले थपे। भियतनामको यात्रामा रहेका राष्ट्रपति उत्तर कोरियाको विदेश मन्त्रालयले सरकारी सञ्चार माध्यममा ‘पागल बुढा’ र युद्धपिपासु भनेको विज्ञप्ती आएपछि आक्रोसित बन्न पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्