शिल्पकारद्वारा बुद्ध मूर्ति प्रदान



 

नेपाल समाचारपत्र
ललितपुर
उद्यमी एवं समाजसेवी मोतिलाल शिल्पकारले इलामको एक गुम्बाका लागि ढलौटमा सुन लेपन गरिएको साढे चार फिटको बुद्ध मूर्ति प्रदान गर्नुभएको छ।

ललितपुरमा आयोजित एक समारोहकाबीच समाजसेवी शिल्पकारले सो मूर्ति प्रदान गर्नुभएको हो। विहार निर्माणका लागि सहयोग गर्नु भनेको, सकारात्मक चिन्तन र शान्ति स्थापनाका लागि सहयोग गर्नु रहेको समाजसेवी शिल्पकारको धारणा रहेको छ। सो मूर्ति इलामको सूर्योदय नगरपालिका समाल्वुङ– ५ मा निर्माणाधीन थेगगेन छ््योङलिङ गुम्बाका लागि प्रदान गरिएको हो। सो गुम्बा निर्माणका लागि इलामका बुद्धमार्गी र स्थानीयवासीको अग्रसरतामा विभिन्न संघसंस्था र दाताहरूबाट सहयोग जुटाउने कार्य भइरहेको छ।

काठमाडौं उपत्यका विशेषतः काँठ क्षेत्र र ग्रामीण भेगका दर्जनौं बौद्ध विहारका लागि समाजसेवी शिल्पकारले बुद्ध मूर्ति प्रदान गरिसक्नुभएको छ। समाजसेवी शिल्पकारले उपत्यकाबाहिर विहार, गुम्बाका लागि बुद्ध मूर्ति प्रदान गर्नुभएको यो नै पहिलो पटक हो।

प्रतिक्रिया दिनुहोस्