ठगीको आरोपमा काठमाडौंका कन्सलटेन्सी संचालक पक्राउ



काठमाडौं  । क्यानाडा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले कन्सलटेन्सीका दुई संचालकलाई प्रहरीले पक्राउ गरेको छ । मित्रपार्कस्थित एक्सा–वाई इन्टरनेशनल प्रालिका संचालक अशोक कुमार यादब र ईश्वरी शिवशक्ति यादबलाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो ।
उनीहरुले क्यानाडा, टर्की, मकाउ पठाउने भन्दै ठगी गरेको  प्रहरीमा उजुरी परेको थियो ।  बिद्यार्थी भिषामा ती देश पठाउने  प्रलोभन दिएर उनीहरुले पैसा असुलेका थिए ।  उनीहरुविरुद्ध चार जनाले जाहेरी दिएको र अरुलाई पनि ठगी गरेको हुनसक्ने प्रहरीले जनाएको छ । शैक्षिक परामर्शका लागि भनेर खोलिएको सो कन्सलटेन्सीले मेनपावरले जस्तै बिदेश पठाउने भन्दै पैसा  असुल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्