माओवादी नेता जनार्दन शर्मा चढेको गाडीमा बम प्रहार



रुकुम । माओवादी केन्द्रका नेता तथा पूर्वी रुकुमबाट प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्मा प्रभाकर चढेको गाडीमा बम प्रहार भएको छ ।

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको हो ।

चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथी सडकमाथिबाट बम प्रहार भएको हो । सबैभन्दा अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको थियो । शर्मा चढेको गाडीको अघिल्तिर परेको एउटा बम पड्केन भने अर्को पड्केको थियो । पड्केको पनि धुलोमा परेका कारण धेरै असर गरेन ।

 

प्रतिक्रिया दिनुहोस्