कांग्रेस र माओवादी कार्यकर्ताबीच हानाहान



सोलुखुम्बु ।
चुनावी अभियानका क्रममा सोलुखुम्बुको सोताङमा नेपाली कांग्रेस र माओवादीका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमाआधा दर्जन घाइते भएका छन् ।

कांग्रेस जिल्ला कोषाध्यक्ष पेमा तामाङ र माओवादीको महाधिवेशन आयोजक समिति सदस्य दिलबहादुर नेपालीलाई गम्भीर चोट लागेको छ ।

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीले माओवादी कार्यकर्ता माथि जाइलाग्ने निर्देशन दिएलगतै भडप भएको वताइएको छ । आफूहरुमाथि जाइलागेपछि रक्षाका लागि प्रहरीलाइ खवर गरेको माओवादीले जनाएको छ ।

गुदेलको कार्यक्रमबाट फर्किएर सोताङ ५ मा बास बसेको घरमा पनि गएराती माओवादी कार्यकर्ता र काग्रेस कार्यकर्ता बिच झडप भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्