गुल्मीका म्यादीलाई ट्राफिक नियम प्रर्शिक्षण, बढदो दुर्घटना रोकौं



अनिल खत्री, गुल्मी।
गुल्मीका ट्राफिक प्रमुख प्रहरी सहायक निरिक्षक डोरबहादुर थापाले म्यादी प्रहरीलाई प्रर्शिक्षण दिँदै दुर्घटना न्यूनिकरणमा सबैले सहयोग गनुपर्ने बेलाएको बताए । बिहिवार सदरमुकाम तम्घासको चिदिचौरमा आगामी मंसिरमा हुन लागेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको लागी सुरक्षार्थ तालिक लिदै गरेका म्यादीसँगको अन्र्तक्रियामा थापाले बढदो दुर्घटना न्यूनिकरणमा सबैको ध्यान जान महत्वपूर्ण रहेको बताए ।

थापाले म्यादी प्रहरीलाई ट्राफिक नियम बारे जानकारी गराउँदै आगामी दिनमा दुर्घटना न्यूनिकरण सवारीमा यात्रा गर्ने यात्रु पनि सजकहुनुपर्ने जरुरी रहेको बताए । सवारी साधनमा यात्रा गर्दा सवारीको अबस्था कस्तो छ भनेर ध्यान दिनुजरुरी छ उनले भने ‘यात्रा गर्नु छ भनेर जवजस्ती यात्रा नगरौ ।’

बढदो दुर्घटना न्यूनिकरण गर्न यात्रु पनि सजक हुनु जरुरी छ । सवारी चालकले सवारी चलाउदा मदिरा सेवन गरेका फेला पारे तुरुन्त प्रहरीलाई खबरगर्न आग्रह गरे ।

म्यादी प्रहरी पछी तपाईहरु समाजको एउटा जानकार ब्यक्ति पनि हो उनले भने ‘समाजमा ट्राफिक नियमसँगै दुर्घटना न्यूनिकरणमा सचेतना फैलाउन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्