शिवरामको उपाधि नम्बर ३८



 

नेपाल समाचारपत्र
काठमाडौं
शिवराम श्रेष्ठको करिअरमा उपाधिसंख्यामा बढ्ने क्रम जारी छ । नेपालका नम्बर एक गल्फरले बिहीबार सुर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेर उपाधिसंख्या बढाएका हुन् । यो उनको करिअरकै ३८औं र यस सिजनको दोस्रो उपाधि थियो । साथै गोकर्ण रिसोर्ट गल्फमा उनको यो पाँचौ उपाधि समेत थियो । यसैगरी शिवरामले रेकर्डका साथ उपाधि जितेका छन् ।

शिवरामले दोस्रो भएका दुई खेलाडीमाथि २० स्ट्रोकको अग्रता बनाएर रेकर्ड राखेका थिए । उनले ७२ होलपछि २२ अन्डर २ सय ६६ स्कोर गरेका थिए । जबकी सुर्यप्रसाद शर्मा र सञ्जय लामाले समान कूल २ अन्डर २ सय ८६ स्कोर बनाए । शिवरामले पहिलो पुरस्कार १ लाख १५ हजार रुपियाँको चेक प्राप्त गर्दा सुर्य र सञ्जयले जनही ६३ हजार ५ सय रुपियाँको चेक हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्