फेसबुक पेज मार्फत ‘लुट २’ लिक



काठामाडौं| यति बेला निश्चल बस्नेत निर्देशित ‘लुट २’ पाइरेसीको मारमा परेको छ। फिल्म फेसबुक पेजमार्फत लिक भएको हो। ‘वाच मुभी अनलाइन’ नामक फेसबुक पेजमा पूरा फिल्म दुई भागमा लिक भएको छ। फिल्मलाई लाइभ गरेर रिलिज गरिएको हो। फिल्म ३ र ७ तारिखमा क्रमश: दुई भागमा रिलिज गरिएको छ।
‘यो हाम्रो अनलाइन फिल्म हेर्न मिल्ने पेसाइट ‘हाम्रोसिनेमा डटकम’बाट फेसबुक लाइभ गरेर लिक गरिएको हो। फिल्म लिक भएकाले आजै युट्युबबाट रिलिज गर्ने भएकाे चलचित्र टिमले बताएकाे छ । फिल्म नेपालबाटै लिक भएको हो। अब हामी आवश्यक कानुनी प्रक्रिया अपनाउने पनि टिमले जानकारी दिएकाे छ । लिक गर्ने व्यक्तिलाई किन यसो गरेको भनेर सोधे पनि कुनै जवाफ नपाएको बताउँदै फिल्म लिक भएपछि आफूहरूलाई हुने आर्थिक घाटाको हिसाबकिताब गर्ने पनि निमाण टिमले चेतावनी दिएकाे छ। यसका लागि आजै हाइलाइट्सले छलफल गर्ने भएको छ। छलफलपश्चात् कानुनी प्रक्रियामा जाने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्