सन् २०१७ अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुनेछः प्रतिवेदन



 

बोन, (एजेन्सी)
विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओ)ले सन् २०१७ अलिहेसम्मको सबैभन्दा गर्मी भएका ३ वर्ष मध्येको एक हुन सक्ने जनाएको छ।जुन वर्षहरुमा अल निनोको असर परेको छैन उनीहरुको तुलनामा सन् २०१७ सबैभन्दा गर्मी वर्षा हुन सक्ने संगठनले जनाएको छ।

यो वर्षभरिमा घटेका असामान्य प्राकृतिक घटनाहरुका लागि पनि यही नै सबैभन्दा ठूलो कारण हुन सक्ने वैज्ञानिकहरुले बताएका छन्।राष्ट्र संघको जलवायु छलफलको पहिलो दिन सोधकर्ताहरुले वार्षिक विश्वजलवायु तथा मौसमको प्रतिवेदन प्रस्तुत गरेका छन्। एक हप्ताअगाडि वैज्ञानिकहरुले ग्रिनहाउस ग्यासको मुद्दामा प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदनमा वातावरणमा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मको रिकर्डमा सबैभन्दा धेरै पाइएको उल्लेख गरेको छ।
उक्त नयाँ सोध जनवरीदेखि सेप्टेम्बरको बीचमा गरिएको हो।

डब्ल्युएमओले विश्वको औषत तापक्रम पूर्वऔद्योगिकीकरणका वर्षको तुलनामा १ दशमलव १ प्रतिशत सेल्सियस बढिसकेको जनाएको छ।यो खतरनाक मानिएको १ दशमलव ५ डिग्री सेल्सियसभन्दा केही मात्र कम हो। विश्वभरिका कयौं टापु देशहरु तापक्रममाथि नियन्त्रण नहुने हो भने त्यहाँ बस्नेहरुको जीवन जोखिममा पर्छ भन्ने मान्यता रहेको छ।
प्रतिवेदनमा सन् २०१७ को तापक्रम सन् १९८१–२०१० को औसत तापक्रमभन्दा शून्य दशमलव ४७ बढी हुने अपेक्षा गरिएको छ।

डब्ल्युएमओका महासचिव पेटेरी तालासले भने– ‘विगतका ३ वर्ष गर्मी वर्षको सूचीमा सबैभन्दामाथि छन्। यो लामो समयसम्म तापक्रम बढ्ने संकेत हो। हामीले यो वर्ष असामान्य मौसम देख्यौं। एसियामा तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्यो, पटक–पटक आएका सामुद्रिक आँधीले क्यारेबियन र अटलान्टिक र आयरल्यान्डमा समेत ब्यापक क्षति पुर्यायो। पूर्वी अफ्रिका सुखाको चपेटामा छ।

यस प्रकारको घटनाक्रम विस्तृत वैज्ञानिक शोधबाट पत्ता लागेको र तीमध्ये कति घटनाहरुको पछाडि मानवीय क्रियाकलापबाट उत्पन्न हुने ग्रिन हाउस ग्यासका कारण भइरहेको जलवायु परिवर्तको स्पष्ट संकेत भएको उनले बताए। सन् २०१७ मा भएका घटनाहरुलाई बढ्दो तापक्रमसँग जोडेर हेर्नका लागि वैज्ञानिकहरुलाई थप शोध गर्नुपर्नेछ। यद्यपि वैज्ञानिकहरुले चक्रवातजस्ता घटनाहरुको पछाडि बढ्दो तापक्रम भएको बताउँछन्।

यो वर्ष पहिलोपटक अमेरिकामा क्याटा गरी ४ को दुईवटा सामुद्रिक आँधी आए। समुद्री आँधीमा इरमा क्याट गरी ५ को सबैभन्दा लामो समयसम्म रहेको आँधी रह्यो। नेडरल्यान्ड र टेक्सासमा १ हजार ५ सय ३९ मिलिमिटरभन्दा धेरै वर्षा रिकर्ड गरियो। जुन एक पटकमा अमेरिकामा भएको अहिलेसम्मकै सबैभन्दा धरै वर्षा हो। सियरा लियोन, नेपाल, बंगलादेश र भारतमा बाढीबाट जनधनको ब्यापक क्षति भयो। इथियोपिया, केन्या र सोमालियामा १ करोडभन्दा धेरै आवादी खाद्य संकटको सामना गरिरहेका छन्।

बेलायतको रिडिंग विश्वविद्यालयका मौसम विज्ञानका प्रोफेसर रिचर्ड एलनले भने– यो वर्ष विध्वंसक असामान्य मौसमका कयौं घटनाहरु भए। यो असामान्य होइन तर त्यस्ता कयौं घटनाहरु मानवीय गतिविधिहरुबाट वातावरणमा बढी ग्रिनहाउस ग्यासका कारण तापक्रम बढ्नु थप कष्टकर बनेको छ।

अहिले जर्मनीको बोन शहरमा जलवायु परिवर्तन मुद्दामा संयुक्त राष्ट संघको महत्त्वपूर्ण वार्ता भइरहेको छ। छलफलका क्रममा प्रस्तुत गरिएका नयाँ प्रतिवेदनले यहाँ उपस्थित प्रतिनिधिहरुमा पनि जलवायु परिवर्तन मुद्दालाई गम्भिरता अझ बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्