प्रहरीकै अगाडी यस्तो ?



सरिता चलाउने, सल्यानसल्यानको बन्गाडकुपिण्डे नगरपालीकाका विभिन्न स्थानमा आवत जावत गर्ने सबारी साधनले क्षमता भन्दा बढि यात्रु बोक्ने गरेका छन् ।यात्रु धेरै हुने भएको र बाटो अत्यन्तै खतरा भएकोले क्षमता भन्दा कम यात्रु राख्न स्थानीय प्रशासनले निर्देशन गरेता पनि उक्त निर्देशनको अवज्ञा हुदै आएको छ  । प्रशमसनले छतमा यात्रु राख्ने गाडि व्यवसायिलाई कडा कावार्हि समेत गरिने बताएको थियो । तर स्थानीय प्रशासनको निर्देशन उलंघन गर्दै गाडि व्यवसायिले १४ जना क्षमताको गाडिमा ४० भन्दा वढि यात्रु राख्ने गरिएको पाईएको छ । इलाका प्रहरी कार्यालय सल्लीवजारको आँखा छलेर उनिहरु १ किलोमिटर परबाट गाडिको छतमा यात्रु कोचाकोच पारेर बोक्ने गरेका छन् । अत्यन्तै जोखिम र खतरा मानिएको बाटोमा गाडि व्यवसायिले खचा खच भित्र वाहिर यात्रु बसाएर हिडने गरेका छन् । प्रशासनको नियम उलघंन नगरेको व्यवसायीको भनाई रहेता पनि उनिहरु कुनै समय र सिजनमा मात्र यस्तो हुन्छ नत्र कुनै बेला खालि गाडि हिडाउनु पर्ने वाध्यता रहेको गाडी चालकको भनाई छ  । व्यवसायीले जे भनेता पनि यसरी जोखिम पुर्ण बाटो जिपको छतमा यात्रु वोकेर हिडाउनु राम्रो नभएको यदि त्यस्तो पाएमा कडा कावार्हि गर्नु पर्ने स्थानीय नागरीकको भनाई रहेको छ । हिउँदमा मात्र गाडि सञ्चालन हुने भएकाले गाडि व्यवसायिहरु जसले जे नियम लगाए पनिे मौकाको चौका उठाउने गरेका छन  । त्यसैगरि सल्लीबजार हुदै रुकुम चौरजहारी सडकखण्मा यातायात व्यवसायीको अस्वस्थ प्रतिप्रधा र सिण्डीगेटका कारण यात्रुले हैरानीका साथै दिनहु सास्ती खानु परेको छ ।सो सडकखण्डमा चल्ने यातायातका साधनले पनि छतमा यात्रु बोक्ने गरेका छन् । प्रहरी प्रशासनको आँखा छल्दै उनिहरु छतमा प्यासन्जर ओसार पसार गर्ने गरेको देखिन्छ । जोखिमपुर्ण बाटोमा गाडि गुडाउनु परेको भन्दै २० किमी बाटोको ३ सय भन्दा वढि भाडा असुलेको पाईएको छ । बन्गाड कुपिण्डेको बामे, घाँजरीपिपल, च्युरा, गर्चे र खैरागाड लगाएतका स्थानमा सञ्चालन हुने जिपहरुले चर्को भाडा लिने गरेको स्थानीयले दुर्गा बिसिले बताउनु भयो  ।

प्रतिक्रिया दिनुहोस्