लक्ष्मिपुरमा चितुवा आतङ्क !



इलाम । चितुवाले खोरमै पसेर बाख्रा मारेर खान थालेपछि इलाम सूयोदय नगरपालिका १४ र माइनगरपालिका ५ स्थित लक्ष्मिपुरका बासिन्दाहरु त्रसित बन्न थालेका छन् । बिगत चारदिनदेखि रातको समयमा चितुवाले खोरभित्रै पसेर बाख्रा मारेर खान थालेको स्थानीयले बताए ।
बिगत चार÷पाँचदिनदेखि सो क्षेत्रका पन्ध्र/सोह«जना मानिसहरुको खसिबाख्रा मारेर खाएको स्थानीय दुर्गा पोख्रेलले बताए । उनका अनुसार रेसबहादुर राई, एवेन्द्र जवेगु, कुमारी बस्नेत, बबिता तामाङ, दिलबहादुर राना लगायतको बाख्रा खोरबाटै चितुवाले आक्रमण गरेर मारेर खाएको छ । चितुवाले हालसम्म सो गाउँका २०/२२ वटा बाख्रा मारेर खाएको बताइएको छ । गाउँमा चितुवा आतङक बढेपछि स्थानीयहरु त्रसित छन् भने उनीहरु समूह–समूह बनाएर रातभर बाख्राको खोर रुँघेर बस्न बाध्य भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्