दाङ । नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराको घरमा कालो झण्डा गाडेको छ ।

दाङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता महराको आधुनिक घरमा सोमबार राति झण्डा गाडेको नेकपा दाङले बताएको छ ।

पार्टीको जारी चुनाव खारेज अभियान अन्तरतगत महराको घोराहीस्थित घरको मुख्य गेटमा चुनाव विरोधी नारा लेखिएको व्यानर र कोलो झण्डा गाडिएको छ ।

चुनाव प्रचारको क्रममा नेता महरा पनि दाङमै छन् ।

त्यसैगरी नेकपा दाङले नेपाली कांग्रेसका नेता दीपक गिरिको घरमा पनि कालो झण्डा गाडेको छ ।

दोस्रो चरणको कार्यक्रम अन्तरगत उम्मेदवारको घरमा कालो झण्डा गाडिएको नेकपा दाङले जनाएको छ ।

LEAVE A REPLY