एक सय ३३ क्यु.फि काठ बरामद



नेपाल समाचारपत्र, झापा ।
साइकलमा हालेर ल्याउँदै गरेको करिब १ सा ३३ क्युवि सखुवाको चिरान काठ झापाको दमकबाट प्रहरीले बरामद गरेको छ । वन जंगलबाट चोरी निकासी गरी भित्राइएको अवैध सखुवाको काठ बरामद गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दमकको छुट्टाछुट्टै दुई स्थानबाट सखुवाको काठ बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार दमक नगरपालिका –३ स्थित ढुकुरपानीबाट दमकतर्फ साइकलमा हालेर ल्याउँदै गरेको करिब ३० क्युवि सखुवाको चिरान काठ र यस्तै दमक नगरपालिका ७ हाटखोला स्थित रतुवा खोलाको काँस घारीमा लुकाएर राखेको अवस्थामा १०३.२७ क्युवी काठ बरामद गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

बरामद गरिएको काठ प्रहरीले आवश्यक कारवाहीका लागि इलाका बन कार्यालय सुरुङ्गामा बुझाइसकेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्