बाहिर होटल, भित्र यौन धन्दा, एक दर्जन युवायुवती प्रहरी नियन्त्रणमा



भद्रपुर (नेस) ।
झापाको बिर्तामोड आसपासको क्षेत्रमा सञ्चालित होटल तथा लजमा यौनजन्य क्रियाकलाप बढ्ेसँगै प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले सक्रियता बढाएसँगै दुई दिनमा एक दर्जन युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

होटल तथा लजमा अनैतिक क्रियाकलाप गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

नियन्त्रणमा लिएका मध्ये १० जना युवती र दुई जना युवक रहेको बस्नेतले बताए । नियन्त्रणमा लिएका मध्ये सात जना युवतीलाई सार्वजनिक मुद्दा चलाइएको उनले बताए । नियन्त्रण लिएका युवतीहरुलाई होटल सञ्चालकले बोलाएर परपुरुषसँग अनैतिक क्रियाकलापमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अधिकांश युवती जिल्ला बाहिरबाट आउने गरेको अनुसन्धानबाट खुलेको बस्नेतले बताए । राज्यले यौनजन्य क्रियाकलाप गर्ने वा गराउने माथि ठोस कानुन नल्याउने प्रहरीलाई यस्ता विकृती नियन्त्रण गर्न समस्या परेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्