टिभी स्टेसनमा हमला



 

 

काबुल, (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बन्दुकधारीहरूको एक समूहले स्थानीय एक टेलिभिजन स्टेसनमा आक्रमण गर्दा थुपै्र व्यक्ति हताहत भएको हुनसक्ने सुरक्षा सूत्रले जनाएको छ। समसाद टेलिभिजनको प्रधानकार्यालयमा प्रवेश गर्ने क्रममा ती अज्ञात आक्रमणकारीहरूले गोली तथा ग्रिनेड प्रहार गरेको प्रत्यक्षदर्शीहरूले जनाएका छन्। त्यहाँबाट ज्यान जोगाएर भाग्न सफल एक व्यक्तिले आक्रमणकारीहरू अझै टिभी भवनभित्र रहेको र त्यहाँबाट गोली चलेको आवाज पनि आइरहेको बीबीसीलाई जानकारी गराएका छन्। सो भवनमा १ सय जनाभन्दा बढी व्यक्ति रहेको अनुमान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्