गोरखामा माओवादीकी उमेद्वार सँग पेस्तोल भेटियो



गोरखा (नेस) ।

बाम गठबन्धनबाट समानुपातिक प्रतिनिधी सभा उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेत्री सुशीला सिम्खडा सवार मोटरसाइकलबाट प्रहरीले पेस्तोल पक्राउ गरेको छ ।

मंगलबार भीमसेन गाउँपालिका ३ धावामा गर्दै आएको निर्वाचन विशेष चेकजाँचकोक्रममा सिंखडा सवार बा ७३ प ३३८६ नम्बरको मोटरसाइलमा नाइन एमएम पेस्तोलसहित ३ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारीले जानकारी दिए । मोटरसाइकलमा ल्याइएको झोलामा हतियार भेटिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक भने अहिले फरार रहेको अधिकारीले जानकारी दिए । चालक भिमसेन गाउँपालिकाकै गुणप्रसाद खनाल भएको प्रहरीले जनाएको छ । यस बारे उमेद्वार र सम्बन्धीत पार्टी र गठबन्धनका नेताहरु सँग थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार प्रहरीले चेकजाँच गरेको थाहापाएपछि पेस्तोल भएको झोला फालेर चालक फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्