ट्रम्पद्वारा आलोचना



 

टोक्यो, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपक्षीय व्यापार व्यवसायलाई लिएर जापानको आलोचना गर्दै आफूले दुई देशबीचको राम्रो आर्थिक सम्बन्धका लागि जोड दिने सोमबार बताएका छन्। जापानको राजधानी टोक्योमा व्यापारीहरूसँगको भेटवार्ताको दौरान पछिल्लो दशकमा जापानले जितिरहेको बताएका छन्। साथै उनले जापानलाई अमेरिकामा धेरैभन्दा धेरै कार बनाउन आह्वान गरेका छन्। आइतबारदेखि शुरू भएको ट्रम्पको १२ दिने एसियाली मुलुकहरूको भ्रमणका दौरान उनले उत्तर कोरिया र व्यापार विषयमा जोड दिने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्