भालुको आक्रमणबाट वृद्धा गम्भीर घाइते



 

अछाम, (नेस)
अछाममा भालुको आक्रमणबाट एक ६२ वर्षीया वद्धा गम्भीर घाइते हुनुभएको छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नं. १ कुइका निवासी ६२ वर्षीया धनीदेवी तिमिल्सेनालाई मंगलसेन छोरीका घरमा आएका बेला भालुले आक्रमण गरेर घाइते बनाएको हो। घाइते तिमिल्सेनाको अहिले जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ।

घाइतेको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल अछामले जनाएको छ।
घाइते तिमिल्सेनाको अवस्था चिन्ताजनक रहेको बताउँदै जिल्ला अस्पताल अछामका डा. अत्तुल भारद्वाजले जिल्ला अस्पतालमा उहाँको उपचार सम्भव नभएको बताउनुभयो। जिल्ला अस्पतालमा सामान्य उपचारपछि उहाँलाई थप उपचारका लागि अन्यत्र रिफर गर्नुपर्ने डा. भारद्वाजले जानकारी दिनुभयो।

छोरीलाई भेट्न मंगलसेन आएकी तिमिल्सेनालाई मंगलसेन नगरपालिका वडा नं. ६ भैसोलेको जंगलमा टिमुर टिप्न गएका बेला भालुले आक्रमण गरी घाइते बनाएको हो। घरनजिकैको जंगलमा टिमुर टिप्न गएका बेला उहाँलाई भालुले आक्रमण गरेको उहाँका ज्वाईं हरिप्रसाद भण्डारीले बताउनुभयो। घरनजिकको टिमुरको रुखनजिक आएर भालुलले आक्रमण गरेको आफन्तले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्