अजय देवगनको कारणले अभिनेत्री तब्बुको विवाह हुन नपाएको खुलासा



एजेन्सी ।
हालै एक भारतीय समाचार माध्यमले बलिउड अभिनेता अजय देवगनका कारणले गर्दा अभिनेत्री तब्बुको विवाह हुन रोकिएको खुलासा गरेको छ ।
बलिउड अभिनेत्री तब्बु आज ४६ वर्षकी भएकी छिन् । ४ नोधेम्बर १९७१ मा हैदरबादमा जन्मिएकी तब्बुको असली नाम तबस्सुम फातिमा हासमी हो । केही महिना पहिला तब्बुले खुलासा गर्दै उनले अभिनेता अजय देवगनको कारण आफू आजसम्म सिंगल रहेको बताएकी छिन् ।

अजय र तब्बुले हालै रिलिज भएको फिल्म ‘गोलमाल अगेन’ मा सँगै काम गरिसकेका छन् । एक अन्तर्वार्तामा बोल्दै तब्बुले भनिन्, ‘अजय र म एक अर्कालाई २५ वर्षसम्म एक अर्कालाई चिन्छौं । उनी मेरो कजिन समीर आर्याको साथी र मेरो पनि एकदम मिल्ने साथी पनि हुन् । उनी म माथि खुब निगरानी राख्ने गर्थे । यदि कुनै पनि केटाले मलाई मन पराउँथ्यो भने समीर र अजय केटालाई पिट्ने धम्की दिने गर्थे । दुवै एकदमै बदमास थिए ।

आजसम्म पनि म सिंगल हुनुको कारण मात्र अजय देवगन हुन् ।’तब्बुको दक्षिण भारतीय सुपरस्टार नागर्जुनसँग पनि अफेयर रहेको थियो । तर, यी दुईको विवाह भने हुन पाएन । नागर्जुन पहिला नै विवाहित थिए र उनी आफ्नी श्रीमतिलाई डिभोर्स दिन सकेनन् ।

आफ्नो सम्बन्धको कुनै भविष्य नदेखेपछि तब्बु नागर्जुनबाट आफैं टाढा भएकि थिइन् ।

प्रतिक्रिया दिनुहोस्