बर्दियामा बन्योे संयुक्त निर्वाचन परिचालन कमिटि



नेपाल समाचारपत्र, बर्दिया ।
बर्दियामा आईयोङ कम्युनिष्ट लिग वायसिएल नेपाल र युवा संघ नेपालको संयुक्त निर्वाचन परिचालन कमिटि बनेको छ । जिल्लाको गुलरिया नगरपालिकामा आईतबार बसेको संयुक्त बैठकले संयुक्त रुपमा निर्वाचन परिचालन कमिटि बनाएको हो ।

बैठक युवा संघ नेपालका जिल्ला अध्यक्ष ध्रुब थापाको अध्यक्षता र वायसिएल नेपालका केन्द्रीय सदस्य बर्दिया ईन्चार्ज राजु रानाभाटको प्रमुख अतिथ्यतामा बसेको युवा नेता कृष्ण केसीले बताउनुभयो ।

बैठकले ५ हजार १ जना सदस्यको संयुक्त कमिटि बनाएको उहाँले बताउनुभयो । बर्दियामा बामदेब गौतम बाम गठबन्धनबाट प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ मा चुनाबी मैदानमा हुनुहुन्छ भने उहाँको प्रतिद्धन्दीमा लोकतान्त्रिक गठबन्धनबाट सञ्जय गौतम हुनुहुन्छ ।

त्यस्तै प्रतिनिधि सभाकै लागि क्षेत्र नम्बर २ बाट बाम गठबन्धनबाट सन्तकुमार थारु चुनाबी मैदानमा हुनुहुन्छ भने लोकतान्त्रिक गठबन्धनबाट गोपाल दहिद चुनाबी मैदानमा हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्