‘ट्रम्प अबुझ’



 

 

वासिङटन, (एजेन्सी)
पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले डोनाल्ड ट्रम्पको निन्दा गर्दै उनलाई राष्ट्रपति हुनुको अर्थ नै थाहा नभएको बताए। आफ्ना पिता जर्ज एचडब्ल्यु बुससँग ट्रम्पका बारेमा उनको विचारलाई लिएर रिकर्ड भएको एक छलफलमा बुसले उक्त धारणा राखेका हुन्। उक्त विषय एउटा नयाँ किताबको भाग हो। ‘मलाई ऊ मन पर्दैन। मलाई उसका बारेमा धेरै कुरा थाहा छैन तर ऊ बकम्फुसे हो भन्ने मलाई थाहा छ र म ऊ एक नेता भएकोमा धेरै उत्साहित छुइन’ सिनियर बुसले इतिहासकार मार्क अपडेग्रोवलाई उनको नयाँ किताब ‘द लास्ट रिपब्लिकन्स‘का लागि भएको छलफलमा बताए।

प्रतिक्रिया दिनुहोस्