राजीनामाको आलोचना



 

 

तेहरान, (एजेन्सी)
इरानले लेवनानी प्रधानमन्त्री साद अल–हारिरीले अचानक पदबाट राजीनामा दिएर क्षेत्रीय तनाव बढाउन खोजेको आरोप आइतबार लगाएको छ। इरानको सर्वोच्च धार्मिक नेता अयातोल्लाह खामेनीका एकजना सल्लाहकारले यस्तो तनाव सिर्जना गर्ने कार्यमा अमेरिका र साउदी अरेबिया लागिपरेको बताएका छन्। साउदी अरेबियाको टेलिभिजनमार्फत् बोल्दै हारिरीले इरानले लेवनानलगायत थुप्रै मुलुकमा आतंक र विनाश फैलाई रहेको आरोप लगाएका थिए। उनले आफ्नो हत्या हुनसक्ने डरका कारण पदबाट राजीनामा दिएको बताएका थिए। हारिरीका पिता पूर्वप्रधानमनत्री रफिक अल–हारिरीलाई २००५ मा हत्या गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्