गर्भ तुहिने पूर्वसंकेत पाउन सकिने



 

वासिंगटन, (एजेन्सी)
महिलाहरू गर्भाधारण भएको पहिलो १२ सातामा गर्भ तुहिने वा समय नपुग्दै बच्चा जन्मिने खतराको संकेत पाउन सक्ने अमेरिकी अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्।

अमेरिकी डाक्टरहरूले शिशु जन्मसम्बन्धी गम्भीर जटिलताको महिनौ अगाडि संकेत दिने विशेष अणुहरू महिलाहरूको रगतमा फेला पारेको दावी गरेका छन्। यस उपलब्धिको कारण अब डाक्टरहरूले समय नपुग्दै बच्चा जन्मिने समस्यालाई निराकरण गर्न मद्दत पुर्याउने बताइएको छ।
तर विशेषज्ञहरूले यस समबन्ध अझै थप र गम्भीर अनुसन्धानको जरुरत रहेका बताएका छन्। संयुक्त अधिराज्यमा ५ मध्ये १ जना गर्भवती महिलाको गर्भ तुहिने गरेको छ। साथै युरोप मै बेलायत सबैभन्दा बढी समय नुपुग्दै बच्चा जन्मिने राष्ट्रका रूपमा चिनिन्छ।

रगत परीक्षणमा देखिने यस प्कारको अणुलाई माइक्रो आरएनए नाम दिइएको छ। यो रक्त कोषहरू गर्भावस्थामा मुत्राशय नजिकको बाक्लो जालीमा भेटिने गरेको बताइएको छ। अमेरिकाको सान फ्रान्सिस्को स्थित प्रजनन औषधि तथा रोग प्रतिरोधका लागि प्रयोगशालाका टोलले माइक्रो आरएनए कोषहरूको माध्यमबाट १२ साता अघि नै संभावित समस्याको संकेत पाउन सक्ने पत्ता लगाएको हो।

समय नपुग्दै बच्चा जन्मिने समस्या अर्थात् प्रि–एक्लाम्पसियाबाट पीडित गर्भवती महिलाको अचानक रक्तचाप बढ्ने र अन्य समस्याहरू देखापर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्