प्रसिद्ध डिग्रे शाइकुमारी मन्दीरमा १ लाख बढी दर्शनार्थीले दर्शन गरे



धनवीर दाहाल, रुकुम ।

हरिबोधनी एकादशी देखी पुर्णिमा सम्म बिशेष पुजापाठ गरिने नेपालकै प्रसिद्ध डिग्रेशाईकुमारी भगवती मन्दीरमा पुर्णिमा मेला सम्पन्न भएको छ । रुकुमको मुसिकोट नगरपालिकाको डिग्रे थर्पुमा अबस्थित मन्दिरमा सल्यान ,दांङ ,सुर्खेत जाजरकोट म्याग्दी बाग्लुङ रोल्पा र डोल्पा समेतबाट पुजाआराधना तथा मेलामा प्रसादीको रुपमा टिका लगाउन आउने गर्दछन ।

खेतीपातीको काम लगभग सकिएकाहरुले पनि दर्शन गर्नेको भिड यस बर्ष झनै बृद्धि भएको मन्दिर व्यवस्थापन समितीले जनाएको छ । ६ सय बर्ष पहिलेबाट यहाँ पुजापाठ गर्न सुरु गरिएको भएपनि २०३६ सालबाट विशेष गरेर ठुलो संख्यामा श्रद्धालुहरु आउने गरेका छन् । मनले चिताएको पाउने विश्वासका साथै यहाँ पुजापाठ गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन चाहेको पुरा हुने बिश्वासका साथ आफुहरु यो मन्दीर पुगेको रुकुम बाहिरका जिल्लाबाट आएका दर्शनार्थीको भनाई छ ।

मन्दिरमा सयौंको संख्यामा बोकाको बली समेत दिने गरिन्छ । यस बर्ष मन्दिरमा भेटी चढाएको र बोकाको टाउँका बिक्री गरेर करिब ७ लाख रकम संकलन हुने अनुमान गरिएको छ । यस बर्ष करिब १६ सय भन्दा बढि बोकाको बलि दिइएको र एक लाख भन्दा वढिले मन्दिरको दर्शन गरेको हुँदा ७ लाख भन्दा वढि रकम संकलन हुनसक्ने मन्दिर व्यवस्थापन समितिको अनुमान छ । बिशेष गरी यो मन्दीर नेपालकै प्रसिद्ध मन्दीर मानिने गरिन्छ । डिग्रे शाईकुमारीको दर्शनपछि मनले चिताएको पुरा हुने मन्दिरका पुजारी रामप्रसाद गौतमले बताउनुभयो ।

पूर्णिमाको दिन लाग्ने मेलामा स्थानीय कला संस्कृति झल्कने लोकदोहोरी, सामूहिक लोकनृत्य, एकलनृत्य पञ्चेबाजा, मयुर नाच, लोकबाजा र भजनले मेलाका दर्शकहरुलाई मनोरञ्जन दिने गर्दछन् । मेलामा यस बर्ष मदिरा, जुवातास, राँगा, बंगुर, कुखुराको मासुको प्रयोगमा पूर्णरुपमा रोक लगाइएको थियो । डिग्रे साईकुमारी भगवती देवी, सत्यनारायण, खप्तड बाबा, शिवजी लगायतको पूजा गर्ने गरिन्छ । बिशेष गरी सगाल मेला पस्दा खुम रमाइलो मानेर हेर्न गरिन्छ । लाठी बर्साउने नाच हेर्न निकै चाख लाग्दो हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्