अनुहार होईन बानी हेर



सरकारलाई समर्थन पनि स्थगित गर्ने तर सरकारबाट फिर्ता नहुने माओवादीको काइताको राजनीति देखेर धरहरा छक्क मात्र परेको छैन तीन छक्क नै परेको छ। शेरेलाईले भएका मन्त्रालयबाट हटाएर बिना बिभागीय बनाइदिदा पनि सरकारबाट हट्ने छाट नदेखेपछि शेरेदाईले आफ्नो कपाल आफैले तानेर माफैमाथि रिस पोख्ने गरेको देखेपछि धरहरा दंग परेको छ भन्या।

खाउं भने दिन भरको सिकार नखाउ भने कान्छा बाबुको अनुहार भनेजस्तो भएको छ। शेरेदाईलाई कुनबेला संगत गरेछु नि यी माओवादीसंग भनेर पछाउनु भएका देउवाले सरकारबाट उनीहलाई हटाउन नसेपछि यता न उताको अवस्थामा पुगेपछि के गर्ने के नगर्ने अवस्थामा देउवादाई पुगेपछि धरहराले एउटा सुझाव दिने भएको छ शेरे दाईलाई। राम्री देखेर मात्र हुदैन उसको बानी हेर्नुपर्छ भनेको यही हो अव चाही शेरे दाइको चेतना आउछ कि ? कि कसो त पाठक बृन्द।

प्रतिक्रिया दिनुहोस्