होसियार ! मुख मैथुन गर्दा यस्ता रोग लाग्छन



मुख विभिन्न खाले अफवाह, भ्रम तथा मिथकहरुले घेरिएको छ । धेरैले मुख मैथुन हानीरहित तथा पूर्णरुपमा सुरक्षित हुने भ्रम पाल्छन् । धेरै पुरुषहरुको सोचाइ हुन्छ कि, यौनसम्पर्क अघि भुइँकटहरको जुस पिउनाले विर्यको स्वाद पनि भुइँकटहर जस्तै हुन्छ । त्यस्तै महिलाहरुले सुनिरहनुपर्ने गुनासो हो कि, दुनियाँका कुनै पनि महिलाले मुखमैथुनमा चरम आनन्द प्राप्त गर्न सक्दैनन, सम्भोगमा ।

ओरल सेक्सअघि भुइँकटरहरको जुस खानु आवश्यक छैन, किनकि यसले विर्यलाई स्वादिलो बनाउँछ भन्ने गलत हो । तर भुइँकटहर जस्ता फलहरुको नियमित सेवनले मानिसको यौन क्षमता बढाउने कुरा चाहीँ साँचो हो ।

महिलाले मुख मैथुनबाट पनि चरम आनन्द प्राप्त गर्न सक्दछन् । त्यसैले प्राकृतिक सेक्सका बेला चरम आनन्द आउँदैन भने मुखमैथुन पनि गर्न सक्नुहुन्छ । प्राकृतिक संसर्गमा ८० प्रतिशत महिलाले चरम आनन्द प्राप्त गर्न नसक्ने रिपोर्टले देखाएको छ । त्यस्तोमा मुखमैथुन प्रभावकारी हुनसक्छ ।

धेरै किशोर किशोरीहरुको सोँचाई हुन्छ कि मुखमैथुन पूर्णरुपमा सुरक्षित हुन्छ र यसो गर्दा यौन संक्रामक रोग सर्दैन । तर विज्ञहरुका अनुसार मानिसहरुमा हुने भिरिंगी रोगमध्ये धेरै असुरक्षित मुखमैथुनबाट समेत सर्ने गरेको छ । मुखमा घाउचोट भएमा अझ यौनांगमा रोग सर्ने जोखिम बढी हुन्छ । क्लेमाइडिया, हर्पेस, घाउखटिरा, गोनोरिया तथा एचआइभी लगायतका यौनरोग पनि मुखमैथुनबाट समेत सर्दछन् ।

प्रतिक्रिया दिनुहोस्