सुकी रखाइनमा



 

याँगुन, (एजेन्सी)
म्यान्मारकी प्रभावशाली प्रजातन्त्रवादी नेतृ आङ सान सुकी बिहीबार रखाइन राज्यमा आइपुगेकी छिन्। गत अगस्टमा अल्पमत रोहिंग्या मुस्लिम र सरकारी फौजबीच भिडन्त चर्केयता उनी पहिलोपटक त्यहाँ पुगेकी हुन्। अचानक शुरु भएको एकदिने भ्रमणको क्रममा उनको क्षेत्रीय राजधानी सित्वे र अन्य शहरहरू पुग्ने कार्यक्रम रहेको छ। जातीय सफायाको नाममा रोहिंग्या मुस्लिममाथि सैनिक दमन नरोकेको आरोप लगाउँदै सुकीको अन्तर्राष्ट्रिय जगत्ले आलोचना गरेको थियो। २५ अगस्टयता करिब ६ लाख रोहिंग्या भागेर बंगलादेश पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्