लोकतन्त्रको रक्षा गर्न मेरो उम्मेदवारी- ए ग्रेडका डन गणेश लामा



काभ्रे । ए ग्रेडका डन गणेश लामाले आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षाका लागि भएको बताएका छन । नेपाली कांग्रेसका नेता समेत रहेका गुण्डा नाइके लामाले काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा उम्मेदवारी दिएका छन । उम्मेदवारी दर्ता गराएपछि लामाले आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षाका लागि भएको दाबी गरे । उनले आफूलाई मिडियाले गुन्डा नाइकेको रुपमा स्थापित गरिदिए पनि आफू त्यस्तो नभएको दाबी गरे । गुन्डागर्दी र दुई नम्बरी कामबाट अकुत पैसा कमाएका लामा अन्य डनहरुलाई प्रहरीले इन्काउन्टरमा मार्न थालेपछि संरक्षणको खोजीमा विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरम प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्