डोनाल्ड ट्रम्प डीभी चिठ्ठा प्रति आक्रामक, तत्काल खारेज गरिने



वाशिङटन । सत्तामा आएदेखी नै बिवादमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा डीभी चिठ्ठा कार्यक्रमलाई अब निरन्तरता नदिने र रद्ध गर्नुपर्ने प्रस्ताव पेश गरेका छन् । मन्त्रिपरिषद बैठकमा ट्रम्पले बुधवार यस्तो प्रस्ताव गरेका हुन् ।

बुधबार न्यूयोर्कमा भएको हमलामा डीभी लोटरी मार्फत् अमेरिका आएका व्यक्तिको संलग्नता भएको प्रमाणित भएपछि डीभी प्रक्रिया अब रोकीनुपर्ने राष्ट्रपतिले जोड गरेका हुन् ।

उनले डिभी मार्फत बद्नियत भएका आतंककारीहरु अमेरिका प्रवेश गर्ने माध्यम बनेकाले यसलाई तत्काल खारेज गर्नुपर्ने ट्रम्पको जोड छ ।राष्ट्रपति ट्रम्पे निर्वाचित भएलगत्तै अन्य देशसँग बिशेषगरी आतंकवादी संगठनसँग जोडिएका देश जहाँ डीभी परेता पनि अमेरीका प्रबेशमा रोक लगाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्