बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडीदै कालिकोट



कालीवहादुर मल्ल, कालिकोट ।

बिद्युतको राष्टिय प्रसारण लाइन नपुगेको विकट कालिकोटमा बिद्युत केन्द्रीय प्रसारण लाइन पुग्ने भएको छ । तत्कालिन उर्जा मन्त्रि हाल विना विभागिय मन्त्री महेन्द्र वहादुर शाहीको पहलमा कर्णाली क्षेत्रमा उत्पादन हुने बिद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि कैलालीको लम्कीदेखि कालिकोटको रेगिलघाटमा ४०० के.भी प्रसारण लाइनको डिपिआर निर्माण हुन लागेको हो ।

कर्णाली करिडोर अन्र्तगत ४०० के.भी. प्रसारण लाइनको डिपिआर निर्माणका लागि नेपाल बिद्युत्त प्राधिकरणले कालिकोटको खाँडाचक्र नगरपालिका–११ को रेगिलघाटमा जग्गा अधिग्रहणको प्रक्रिया शुरु गरेको छ ।

नेपाल सरकारको स्वामित्व भएको राष्टिय प्रसारण ग्रिड कम्पनी लिमिटेडद्धारा निमार्णका लागि प्रस्तावित ४००।१३२ केवि सव स्टेसन निर्माणका लागि १ सय २० जनाको ३ हजार ९ सय ९० वर्गमिटर जग्गा अधिग्रहण गरी मुआव्जा वितरणका लागि सूचना प्रकाशित गरिएको छ । ५ बर्ष भित्र निर्माण कार्य पुरा गरि सक्ने लक्ष्य सहित अगाडी बढाईको कर्णाली करिडोर बिद्युत प्रसारण लाइनको सव स्टेसन तयार गर्न लागेको हो ।

‘बिद्युत नपुगेको कर्णालीमा बिद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्ने तयारीका साथ यो काम अगाडी बढाइएको विना विभागिय मन्त्री शाहीले बताए । ’ उनले भने,–‘कर्णाली बेसिनमा उत्पादन हुने बिद्युत यसै ग्रिडमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी छ ।’

कर्णाली बेसिनमा उत्पादन हुने तिला–१ र २, फुकोट कर्णाली लगाएतका जलबिद्युत आयोजनाहरु यसै ४०० के.भी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको मन्त्री शाहीको भनाइ रहेको छ । ‘तिला–१ र २, फुकोट कर्णाली जलबिद्युत आयोजनाहरु बन्दैछन् ।’ उनले भने,–‘ति आयोजनाहरुबाट उत्पादन हुने बिद्युतलाई यसै प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न तयारी भइरहेको छ ।’

तत्कालका लागि कर्णालीमा राष्ट्रिय प्रसारण लाइनको बिद्युत जोड्नका लागि दैलेखबाट ३३ के.भि प्रसारण लाइनलाई जोडेर कालिकोटको खाँडाचक्र नगरपालिका एउटा ग्रिड राखिने र रास्कोट नगरपालिकाका अर्को ग्रिड राख्ने तयारी पुरा भएको मन्त्री शाहीले बताए ।

‘तत्कालमा जलबिद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने बिद्युतका लागि दैलेखबाट ३३ के.भि. बिद्युत प्रसारण लाइन जोडिने छ ।’ उनले भने,–‘त्यसैमार्फत कालिकोटमा बिद्युतीकरण गर्ने तयारी गरिएको छ ।’ जिल्ला सदरमुकाम वहेका गाउपालिकाहरुमा विद्युत नभएर अन्धाककार थियो राष्टिय प्रसारण लाइन जडान भए पछि कालिकोट झलमल्ल हुने भयो भन्दै खुसि व्यक्त गर्दछन कालिका गाउपाकिाका स्थानीयवासी विरेन्द्र आचार्य ।

यस्तो नमुनायोग्य काम गर्ने महेन्द्रवहादुर शाही जस्ता व्याक्तिलाई जनताले विजय गराएमा समृद्ध कालिकोट हुने वताउछन ।

प्रतिक्रिया दिनुहोस्